चिकित्सक संघको अध्यक्षमा डा. लोचन कार्कीको उम्मेदवारी घोषणा

चिकित्सक संघको अध्यक्षमा डा. लोचन कार्कीको उम्मेदवारी घोषणा

काठमाडौँ, ४ पुस ।  नेपाल चिकित्सक संघको २८ औँ केन्द्रिय कार्यकारी समितिको निर्वाचनका लागि डा. लोचन कार्कीले लोकतान्त्रिक तथा पेशागत समुहको तर्फबाट अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

नेपाल चिकित्सक संघको चिकित्सकको पेशागत हितको रक्षा ः समुचित वृतिविकास र सुरक्षा भन्ने नाराका साथ हुन गइरहेको २८ औँ केन्द्रिय कार्यकारी समितिको निर्वाचनका लागि शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी नेपाल चिकित्सक संघका वर्तमान महासचिव डा. लोचन कार्कीले लोकतान्त्रिक तथा पेशागत समुहको तर्फबाट अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । सम्मेलनमा डा. बद्री रिजालले महासचिवको पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

उम्मेदवारहरुले चिकित्सकको पेशागत हितको सुरक्षा र वृतिविकास, गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवा, राष्ट्रिय नीति र योजना निर्माणमा योगदान र अन्तर्राष्ट्रिय सम्बन्ध, सरकारी र निजी साझेदारीताको विषय, संघको संस्थागत विकास र सांगठनिक पुनसंरचना लगायत प्रतिबद्धता जनाएकाछन् । उनीहरुले आफूले गरेका प्रतिबद्धताहरु पूरा गर्ने समेत बताएकाछन् ।.डा. लोचन कार्की, अध्यक्षका उम्मेद्वार, नेपाल चिकित्सक संघ

डा.बद्री रिजाल, महासचिवका उम्मेद्वार, नेपाल चिकित्सक संघ

त्यस्तै चिकित्सक संघले विगतमा उठाएका मुद्धाहरुलाई ठोस निष्कर्षमा पुर्याउन, गुणस्तरीय चिकित्सा शिक्षाको लागि दवाव सिर्जनागर्न, चिकित्सकहरुको हक, हित र वृतिविकासका लागि पहलकदमी लिदै सम्रग स्थास्थ्य प्रणालीलाई सही दिशा दिन थिंङ्क ट्यांक संस्थाको रुपमा संघलाई स्थापित गर्न आजको आवश्यकता रहेको डा. कार्कीको भनाई छ ।