कांग्रेस बैठक स्थगित, अर्काे बैठक पुस १० मा बस्ने

कांग्रेस बैठक स्थगित, अर्काे बैठक पुस १० मा बस्ने

काठमाडौं, ४ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने बैठकले पार्टीको १४ औं महाधिबेशनको कार्यतालिका साबर्जनिक गर्नुका साथै नेविसंघको नेतृत्व चयन, तरुण दलको म्याद थप लगायतका बिषयमा निर्णय गर्ने तयारी गरेकाे भए पनि सहमतिका लागि भन्दै पुन बैठक स्थगित गरिएकाे छ। अर्काे बैठक पुस १० गते बस्नेछ।

उक्त विषयमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमतिका लागि प्रयास जारी रहेकाले आजको बैठक स्थगन गरिएको हो । पछिल्लो समय पार्टीको १४औँ महाधिवेशनको मिति तोक्ने बहसले केन्द्रीय समिति बैठक प्रभावित हुँदै आएको छ ।

गत मङ्सिर २६ गतेको केन्द्रीय समिति बैठकमा विधानमा उल्लिखित २८ विभागलाई बढाएर ४१ पु¥याउने, उपनिर्वाचनको समीक्षा, भ्रातृ एवं शुभेच्छुक संस्थाका विधानको सैद्धान्तिक एकरुपता समितिको प्रतिवेदन, नेपाल तरुण दलद्वारा आफ्नो केन्द्रीय समितिको समयावधि छ महिना थप गरेको निर्णयलाई अनुमोदनलगायत प्रस्ताव प्रस्तुत गरिएको थियो ।