काठमाडौं, ४ पुस । सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछ । आज दोस्रो चरणका खेल हुन लागेका हुन् । आज पहिलो खेलमा च्यासल युथ क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
अर्काे खेलमा ब्रिगेड ब्वाइज क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुने तय भएको छ । पहिलो खेल च्यासल र मछिन्द्रबीच मध्यान्ह १२ बजे सुरु हुनेछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । यसअघि साढे १२ बजे हुँदै आएको खेल एन्फाले आधा घण्टा अगाडी सारेको हो । दोस्रो खेलमा ब्रिगेड र फ्रेन्डस दिउँसो ३ बजे दशरथ रंगशालामा भिड्नेछन् ।