कांग्रेस संसदीय दलको बैठक दिउँसो १ बजे बस्दै

कांग्रेस संसदीय दलको बैठक दिउँसो १ बजे बस्दै

काठमाडौँ, पुस ३ गते । भोलिदेखि सुरु हुने संघीय संसदको पाँचौँ हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने लगायतका विषयमा छलफल गर्न मुख्य बिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ।

दिउँसो १ बजे दलको कार्यालयमा सिंहदरबारमा बस्ने बैठकमा सभामुख उपसभामुख चयन, सरकारका काम कारबाही, जनजिविकाका विषयलाई कांग्रेसले कसरी उठाउने भन्ने विषयमा छलफल हुनेछ।