

काठमाडौँ, २ पुस । आन्तरिक विवादको समाधानका लागि प्रयास जारी रहेका कारण आजका लागि डाकिएको नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठक स्थगत गरी पुस ४ गतेका लागि सारिएको छ।
पार्टी कार्यालयका मुख्य सचिब कृष्ण पौडेलका अनुसार पुस ४ गते दिउँसो १ बजेका लागि बैठक सारिएको हो। बुधबार दिउँसो १ बजेका लागि बैठक डाकिएको भए पनि बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासहितका नेताहरु आन्तरिक छलफलमा रहेका कारण आजको बैठक स्थगित गरिएको बताइएको छ।
यसअघि सहमतिको प्रयास गर्दै सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलले भेटेर कुरा गरेका थिए भने उपसभापति विमलेन्द्र निधि र प्रकाशमान सिंहको बार्ता टोली पटक पटक बसेर सहमतिको प्रयास गरेको थियो। अर्कातिर नेता कृष्णप्रसाद सिटौलाले पनि देउवा र पौडेल पक्षीय नेताहरुसंग भेटेर मंगलबारदेखि नै सहमतिको प्रयास गरिरहेका छन्।
पौडेलले अघि सारेको महाधिबेशन कार्यतालिका ल्याउन संस्थापन पक्ष लचक देखिएको छ। तर पछिल्लो समय पौडेलले नेविसंघमा एकल पदाधिकारी हुनुपर्ने अडान राखेका छन्।