

काठमाडाैं, २ पुष । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । लिगको चौथो दिन आजको पहिलो खेलमा थ्री स्टार क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यी दुई टोलीबीचको खेल मध्यान्ह साढे १२ बजेबाट सुरु हुनेछ । दुवै टिम लिगको पहिलो खेलबाट सुखद सुरुवात गर्ने लक्ष्य सहित मैदान उत्रनेछ । आजै हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।
दशरथ रंगशालामा हुने यी टोलीबीचको खेल दिउँसो साढे २ बजेबाट सुरु हुनेछ । अधिकांश ठुला स्टारले क्लब छाडेपछि मनाङले नयाँ टिम बनाएको छ । दुवै टिम लिगमा सुखद सुरुवात गर्ने लक्ष्यका मैदानमा उत्रनेछ ।