किन मूल्य बढ्यो डिजल र मट्टितेलको

किन मूल्य बढ्यो डिजल र मट्टितेलको

काठमाडाैं, २ पुष । नेपाल आयल निगमले डिजल र मट्टितेलमा मूल्य बढाएको छ। ईण्डियन आयल कर्पोरेशनले पठाएको मूल्य सूचि अनुसार डिजल र मट्टितेलमा प्रतिलिटिर १/१ रुपैयाँ बढाएको निगमले जनाएको छ। बढेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू भएकाे छ।

पेट्रोल, हवाई ईन्धन र एल।पि।ग्यासको खुद्रा विक्री मूल्य हाल यथावत नै राखिएको निगमको सूचनामा जनाइएको छ।

यो मूल्य समायोजन गरे पश्चात् नेपाल तर्फको विरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा विक्री मूल्य रु २०.४१ प्रति लिटरले सस्तो र डिजेलको खुद्रा विक्री मूल्य रु १७.१६ प्रति लिटरले नेपालतर्फ सस्तो हुन गएको छ।