वरिष्ठ नेता पौडेल उपस्थित नहुने भएपछि कांग्रेसको सोमबारको केन्द्रीय कार्यसमिति बैठक स्थगित

वरिष्ठ नेता पौडेल उपस्थित नहुने भएपछि कांग्रेसको सोमबारको केन्द्रीय कार्यसमिति बैठक स्थगित

काठमाडौँ, ३० मङ्सिर। नेपाली कांग्रेसको सोमबारको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह बैठकमा उपस्थित नहुने भएपछि समेबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको हो । अर्को बैठक पुस २ गते दिउँसो १ बजेका लागि बोलाइएको छ । कांग्रेस संस्थापन पक्षले असन्तुष्ट समूहसँग थप छलफल गरेर गत बिहीबार बैठकमा पेस भएका एजेण्डाहरु सहमति मै पारित गर्नका लागि दुई दिन बैठक स्थगित गरिएको दाबी गरेको छ । पार्टी प्रवक्ता बिश्वप्रकाश शर्माले सहमतिका लागि शिर्ष तहबाट छलफल जारी रहेकाले सहमतिका लागि भन्दै बैठक स्थगीत गरिएको जानकारी दिनुभयो ।

सभापति देउवा १४ औं महाधिवेशनको कार्यतालिकाको विषय एजेण्डाका रुपमा ल्याउन अनिच्छुक देखिएपछि गत बिहीबारबाट वरिष्ठ नेता पौडेल समूह बैठक बहिष्कार गर्दै आएको थियो । वरिष्ठ नेता पौडेलले यसअघि पनि बिहीबार र आइतबार पनि बैठक बहिष्कार गरेका थिए ।