ए डिभिजन लिग : आर्मीकाे विजयी सुरुवात

ए डिभिजन लिग : आर्मीकाे विजयी सुरुवात

काठमाडौँ, ३० मङ्सिर।  शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत विभागीय टिम त्रिभुवन आर्मीले विजयी सुरुवात गरेको छ ।

सातदोबाटोको एन्फा मैदानमा भएको खेलमा आर्मीले फ्रेण्ड्स क्लबलाई २ १ गोल अन्तरले हरायो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेम्जनले एकरएक गोल गरे । खेलको पहिलो मिनेटमा नै आर्मीले अग्रता लियो । उसका लागि नवयुग श्रेष्ठले गोल गरे ।

दोस्रो हाफको सुरुवातमा नै फ्रेण्ड्सले खेल बराबरी गर्न सफल भयो । आर्मीको डिफेन्सले लापर्वाही गर्दा फ्रेन्ड्सका शक्ति राईले गोल गरे । आर्मीले ८१ औं मिनेटमा फेरि अग्रता बनायो । भरत खवासको कर्नरको पासमा दिनेश हेम्जनले गोल गरे । त्यसपछि फ्रेण्ड्स क्लबले गोल गर्न नसक्दा आर्मीले ३ अंक जोड्यो ।