साप्ताहिक राशिफलः २०७४ फागुन ६–१२ गतेसम्मको हेर्नुहोस् तपाईको भाग्य कस्तो छ ?

साप्ताहिक राशिफलः २०७४ फागुन ६–१२ गतेसम्मको हेर्नुहोस् तपाईको भाग्य कस्तो छ ?

मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

याे साता मध्यम फलदायी रहनेछ । सोमबारसम्म कार्यअवरोधका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ । मंगलबारबाट भने राम्रो हुँदै जानेछ । व्यापार व्यवसायबाट लाभ हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । मित्र जनको साथ सहयोगले कार्यमा प्रगति हुनुका साथै धन लाभका अवसर पनि मिल्ने देखिन्छ । आर्थिक क्षेत्र सबल रहेपनि स्वास्थ्मा भने प्रतिकूलता रहनसक्ने देखिन्छ ।

वृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

याे साता अर्थपूर्ण रहनेछ । सोचेका काम पूरा हुने छन् । आर्थिक वृद्धि हुनुका साथै व्यापार व्यवसायबाट पनि उल्लेख्य लाभ हुने देखिन्छ । अध्ययनमा रुचि जाग्नेछ । शत्रु पराजित हुने छन् । प्रेम जीवन सफल रहनेछ । सामाजिक मान प्रतिष्ठा प्राप्त हुनुका साथै आफन्त जनको पनि साथ सहयोग मिल्ने देखिन्छ । बुध र बिहीबार स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

मिथुन राशिः  का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

यो साता लाभदायी रहनेछ । सोचेका काम बन्नुका साथै नयाँ कार्यको प्राप्ति हुनेछ । शत्रु निर्वल रहनेछन् । अध्ययनको क्षेत्रमा सफलता हात पर्ने देखिन्छ । कला सहित्यका क्षेत्रमा रुचि जाग्नुका साथै सामाजिक मान प्रतिष्ठा पनि मिल्ने देखिन्छ । व्यापार व्यवसायबाट विशेष लाभ हुनेछ । बिहीबारबाट खर्च बढ्नुका साथै स्वास्थ्यमा प्रतिकूलता रहनसक्ने देखिन्छ ।

कर्कट राशिः  हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

यो साता वृद्धिदायी रहनेछ । काम बन्नुका साथै आर्थिक उन्नति हुनेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । धनको क्षेत्र सबल रहनेछ । भौतिक सुख सुविधा मिल्नुका साथै धार्मिक सामाजिक कार्यमा विशेष रुचि जाग्ने छ । शत्रु पराजित हुनेछन् । व्यापार व्यवसायबाट पनि विशेष लाभ देखिन्छ । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै पे्रममा पनि सफलता मिल्ने देखिन्छ ।

सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

याे उत्तराद्र्ध अर्थकारी रहनेछ । मंगलबारसम्म कार्यअवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ । बुधबारबाट कार्यमा सुधार हुँदै जानेछ । व्यवसायमा वृद्धि हुनेछ । बौद्धिक कार्यमा विशेष रुचि जाग्नुका साथै यात्राका अवसर पनि प्राप्त हुनेछन् । आर्थिक क्षेत्र सबल रहनेछ । अध्ययनमा रुचि जाग्नुका साथै कार्योन्नतिको योग देखिन्छ । पारिवारिक साथ सहयोग रहनुका साथै सामाजिक प्रतिष्ठा मिल्ने देखिन्छ ।

कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

याे साता फलदायी रहनेछ । साोचेका काम पूरा हुने छन । मनमा उत्साह छाँउनेछ । अध्ययनमा पनि रुचि जाग्नुका साथै सुखद् यात्राका अवसर पनि मिल्नेछन् । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै लक्ष्मीवृद्धिको योग देखिन्छ । व्यापार व्यवसाय फलदायी रहने देखिन्छ । विद्याको क्षेत्र सबल रहनेछ । मंगल र बुधबार शत्रु भय रहनुका साथै खर्चमा पनि बृद्धिहुने देखिन्छ ।

तुला राशिः  र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

याे साता लाभदायी रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । कार्य प्राप्तिका साथै आर्थि उन्नतिको योग पनि देखिन्छन् । अध्ययनमा रुचि जाग्नुका साथै धार्मिक कार्यमा विशेष अभिरुचि रहनेछ । मित्र जनको साथ सहयोगले कार्यमा प्रगति हुने देखिन्छ । कर्म क्षेत्र बलबान् छ । बोलीको विशेष प्रभाव रहनेछ । बिहीबारबाट भने कार्यअवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

वृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

याे साता अर्थकारी रहनेछ । शत्रु पराजित हुनेछन् । कार्यलाभका साथै कला साहित्यका क्षेत्रमा विशेष अभिरुचि रहनेछ । सुखद् यात्राका योग पनि देखिन्छन् । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै अध्ययनमा पनि सफ्लता मिल्ने देखिन्छ । कर्म क्षेत्र बलवान् छ । आमदानीका स्रोत बढ्दै जानेछन् । प्रेम जीवन सुखद् र सफल रहने देखिन्छ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै मित्र सहयोग पनि प्राप्त हुने देखिन्छ ।

धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

याे साताको उत्तराद्र्ध विशेष फलदायी रहनेछ । साताको आरम्भमा केही बाधा व्यवधानहरू देखिन सक्छन् । मंगलबारबाट कार्यमा सुधार हुँदै जानेछन् । मित्रजनको साथ सहयोगले कार्यमा प्रगति हुनुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ । आर्थिक क्षेत्र सबल रहनेछ । अध्ययनमा रुचि जाग्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । धार्मिक सामाजिक कार्यमा रुचि जाग्नुका साथै भौतिक पदार्थबाट विशेष लाभ हुने देखिन्छ ।

मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

याे साता वृद्धिदायी रहनेछ । कार्यलाभका विशेष योग देखिन्छन् । श्रीवृद्धिका साथै आर्थिक उन्नति हुने छ । अध्ययनमा रुचि जाग्नुका साथै भूधनबाट विशेष लाभ हुने देखिन्छ । पारिवारिक सुख मिल्नेछ । शत्रु निर्वल रहनेछन् । स्वास्थ्को क्षेत्र मध्यम फलदायी रहनेछ । पारिवारिक सुख मिल्नुका साथै प्रेम जीवन पनि सफल रहनेछ । कर्मक्षेत्र बलवान् देखिन्छ । मंगल र बुधबार भने खर्च बढ्ने देखिन्छ ।

कुम्भ राशिः  गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

याे साता लाभदायी रहनेछ । सोचेका काम पूरा हुनेछन् । कला सहित्यका क्षेत्रमा विशेष अभिरुचि रहनेछ । अध्ययनमा रुचि जाग्नुका साथै मान सम्मानको योग पनि देखिन्छ । श्रीवृद्धिका साथै कार्यमा उन्नति हुनेछ । मित्रजनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । बिहीबारबाट स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै आर्थिक अपचलन हुनसक्ने देखिन्छ ।

मीन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

याे साता उन्नतिकारक रहनेछ । आर्थिक वृद्धिका साथै कार्योन्नतिको योग देखिन्छ । मित्रजनको साथ सहयोगले उल्लेख्य कार्य प्राप्तिको योग देखिन्छ । धनको क्षेत्र सबल रहनेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । कला सहित्यका क्षेत्रमा विशेष अभिरुचि रहने छ । अध्ययनको क्षेत्र सबल छ । सुखद् यात्राका अवसरहरू पनि मिल्ने देखिन्छ । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ ।