नेकपाको स्थायी कमिटि बैठक आज बस्दै

नेकपाको स्थायी कमिटि बैठक आज बस्दै

काठमाडौं, २९ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटिको बैठक आज बस्दैछ । पार्टी एकीकरणको एक वर्षपछि बस्न लागेको बैठकमा अहिलेसम्मको समिक्षा, सरकारको कामको मुल्याङ्कनका विषयमा पनि छलफल हुने जनाइएको छ ।

आजदेखि सुरु हुन लागेको स्थायी कमिटी बैठकमा सरकार सञ्चालन तथा मन्त्रीको कार्यसम्पादनबारे पनि छलफल हुनेछ । पार्टीले सञ्चालन गर्ने ६ महिने अभियान, अगामी केन्द्रीय कमिटी बैठक, पार्टी एकीकरणका बाँकी काम टुङ्गो लगाउने, उपनिर्वाचनको समिक्षालगायत विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ ।

अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको सहमतिमै राजनीतिक प्रतिवेदन आउनेछ । नेकपाले सञ्चालन गर्ने ६ महिने अभियानले पार्टी र जनताबीचको सम्बन्ध अझै मजबुत बनाउने, पार्टी एकताको सन्देश दिने, सरकारको राम्रा कामको प्रचार गर्ने विषयमा समेत बैठक केन्द्रित हुने उहाँले बताउनुभयो । यस्तै, पार्टी विधान संशोधन विषयमा समेत छलफल हुनेछ ।