

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका नल्याउँदासम्म केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन नसक्ने प्रष्ट पार्नुभएको छ ।
शनिबार आफ्नै निवासमा बोहोराटारमा भेट्न आएका पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिलाई पौडेलले महाधिवेशनको कार्यतालिका बाहेकका अरु विषय तपशिलका रहेको बताउनुभएको थियो । पौडेलले पार्टीका संगठनात्मक संरचना बनाएर न्यायपूर्ण ढंगले अगाडि बढ्न समेत सभापति देउवालाई सुझाव दिनुभयो ।
नेता पौडेलले सभापति देउवासंग पार्टीलाई एक बनाएर अहिलेका चुनौति सामना गर्दैै अगाडि बढ्ने सहमति भएको जानकारदिनुभयो । देउवासंगै बोहोराटार पुगेका कांग्रेस उपसभापति विमलेन्द्र निधिले कार्यतालिका बनाएर अगाडि बढ्न सभापति सकरात्मक भएको बताउनुभयो ।
पौडेले समुहले कार्यतालिक बनाउनु पर्ने माग गर्दै केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएको छ ।