प्रधानमन्त्री ओली आइतबार बालुवाटार सर्ने

प्रधानमन्त्री ओली आइतबार बालुवाटार सर्ने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली आइतबार दिउँसो चार बजे बालुवाटार सर्ने भएका छन्। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बालुवाटार छाडेर बुढानीलकण्ठ प्रस्थान गरेका छन्।

‌ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार उनी आइतबार अपराह्न ४ बजे बालुवाटार सर्ने भएका हुन्।