सुदूरपश्चिममा वर्षा, उच्च पहाडी भेगमा हिमपात

सुदूरपश्चिममा वर्षा, उच्च पहाडी भेगमा हिमपात

धनगढी , २७ मंसिर । सुदूरपश्चिमा वर्षा हुनुका साथै पहाडि जिल्लाहरुमा हिमपात भएकको छ। शुक्रबार बिहान देखि सुदूरपश्चिमका दुई तराई जिल्ला कैलाली र कञ्चनपुरमा वर्षासंगै चिसो बढाएको छ । वर्षा हुनुका साथै बैतडी, डडेल्धुरा लगायतका उच्च पहाडी जिल्लाहरुमा हिमपात भएको छ ।

यस्तै उपत्याका र पहाडी भेगमा मौसम बदली भइ पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार उच्च पहाडी र हिमाली भेगमा हिउँ पर्ने सम्भावना छ। पश्चिमी वायुको निम्न चापीय प्रणालीको प्रभावले मौसम बदली भएको महाशाखाले जनाएको छ ।

पश्चिमी उच्च पहाडी र हिमाली भेगमा भने आज पनि धेरै हिउँ पर्ने र मध्य तथा पूर्वका उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम खालको हिमपात हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी भेगमा हावाहुरी पनि आउने सम्भावना छ । यस्तै शनिबार र आइतबार पनि केही ठाउँमा पानी र उच्च भेगमा हिउँ पर्ने सम्भावना रहे पनि भारी हिमपात भने नहुने महाशाखाले निकालेको मौसम बुलेटिनमा उल्लेख छ ।

राति बादल लागेकाले जमिनको तातो हावा बाहिर नगएकाले न्यूनतम तापक्रम बढेको महाशाखाले जनाएको छ ।