नेकपा सचिवालय बैठक स्थगित, अध्यक्ष दाहाल प्रतिवेदन लेखनमा व्यस्त

नेकपा सचिवालय बैठक स्थगित,  अध्यक्ष दाहाल प्रतिवेदन लेखनमा व्यस्त

काठमाडौं, २७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रतिवेदन लेख्न व्यस्त भएपछि आजकालागि डाकिएको सचिवालय बैठक स्थगित भएको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार नेताहरुको सल्लाहमा अर्को बैठकको मिति तय हुनेछ । गएको मंसिर १४ गते बसेको स्थायी कमिटी बैठकको कार्यसूची, उपचुनावको समीक्षा, बाँकी रहेका साङ्गठनिक कार्यलगायतका बारे छलफल गर्न नेकपाको सचिवालय बैठक आजका लागि डाकिएको थियो।

नेकपाका कार्यकारी अध्यक्ष दाहाल सचिवालय बैठक र स्थायी समितिमा पेस गर्ने राजनीतिक प्रतिवेदन लेखनमा जुटेका छन्।