बेलायतमा आज संसदीय निर्वाचन हुँदै

बेलायतमा आज संसदीय निर्वाचन हुँदै

एजेन्सी । बेलायतमा आज मध्यावधि निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि सुरु हुने चुनावमा राति १० बजेसम्म मतदान हुनेछ ।

चुनावका लागि प्राथमिक विद्यालय, सामुदायिक भवन र चर्चमा मतदान केन्द्र निर्धारण गरिएको छ । ब्यालेट पेपरमा हुने चुनावमा मतदाताले आफ्नो उम्मेदवारको नामको अगाडी एक्सको चिन्ह लागउने छन् । चुनावमा सत्ताधारी कन्जरभेटिभ पार्टी र मुख्य विपक्षी लेबर पार्टीबीच प्रतिस्पर्धा हुने जनाइएको छ ।