सडकमा माग्नेहरु तीनदिनभित्र हट्न महानगरको अपिल

सडकमा माग्नेहरु तीनदिनभित्र हट्न महानगरको अपिल

काठमाडौं, २५ मंसिर । काठमाडौं महानगरपालिकाले सडकमा माग्न बस्नेलाई तीन दिनभित्र हट्न सार्वजनिक अपिल जारी गरेको छ ।

महानगरपालिकाले माग्ने पेशा नरोके कारवाही गर्ने चेतावनीसमेत दिएको हो । मुलुकी अपराधसंहितामा सडक, गल्ली, उद्यान, सवारी बिसौनीस्थल, सरकारी कार्यालय, कार्यालयको परिसर र सार्वजनिक सवारी साधनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने उल्लेख छ ।

भिक्षा माग्नेलाई अधिकतम दुई महिना कैद र दुई हजार रुपैयाँसम्म जरिवाना तथा माग्न लगाउनेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने संहितामा व्यवस्था छ ।