जागिर खुल्यो एक हजार बढी शाखा अधिकृतमा

जागिर खुल्यो एक हजार बढी शाखा अधिकृतमा

काठमाडाैं, २५ मंसिर । लोक सेवा आयोगले एक हजारभन्दा बढी शाखा अधिकृतका लागि विज्ञापन आह्वान गरेको छ। आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) पदका विभिन्न सेवा समूह तथा उपसमूह अन्तर्गतका पदमा खुलातर्फ ७६८ र बढुवातर्फ ३२८ गरी १ हजार ९६ शाखा अधिकृतका लागि विज्ञापन आह्वान गरेको हो।

सबैभन्दा बढी सामान्य प्रशासन सेवातर्फ ५६० पदका लागि विज्ञापन आह्वान गरिएको छ। त्यस्तै, लेखातर्फ ३०, राजस्व सेवातर्फ ६९, लेखा परीक्षणतर्फ ४२, परराष्ट्र सेवामा ४, न्याय सेवातर्फ ३६३ र व्यवस्थापिका संसद्तर्फ २८ पदमा विज्ञापन खुला गरिएको छ। सामान्य प्रशासनतर्फ १६८ बढुवाका लागि तथा बाँकी २१६ खुला, ५८ महिला, ४८ आदिवासी जनजाति, १५ दलित, ३९ मधेसी, ९ अपांग र ७ पिछडिएको क्षेत्रका लागि छुट्याइएको छ।

यस्तै राजस्वतर्फ २० बढुवाका लागि र बाँकीमध्ये २७ खुला, ८ महिला, ५ आदिवासी जनजाति, ५ मधेसी, २ दलित १ अपांग र १ पिछडिएका क्षेत्रका लागि छुट्याइएको छ। लेखातर्फ ९ बढुवाका लागि तथा १२ खुला, ३ महिला, २ आदिवासी जनजाति, २ मधेसी, १ दलित १ र १ पिछडिएका क्षेत्रका लागि छुट्याइएको छ। लेखा परीक्षणतर्फ १३ बढुवाका लागि र १६ खुला, ४ महिला, ४ आदिवासी जनजाति, ३ मधेसी, १ दलित र १ पिछडिएका क्षेत्रका लागि छुट्याइएको छ।

परराष्ट्रमा १ बढुवाका लागि तथा २ खुला र १ महिलाका लागि विज्ञापन खुलाइएको छ।
न्यायतर्फ ८५ बढुवाका लागि तथा १०९ खुला, २९ महिला, २४ आदिवासी जनजाति, २४ मधेसी, १० दलित ५ अपांग र ४ पिछडिएका क्षेत्रका लागि छुट्याइएको छ। कानुनतर्फ १५ बढुवाका लागि तथा १९ खुला, ५ महिला, ४ आदिवासी जनजाति, ४ मधेसी, १ दलित र १ अपांगका लागि छुट्याइएको छ।

सरकारी वकिलतर्फ ८ बढुवाका लागि तथा ८ खुला, ३ महिला, २ आदिवासी जनजाति, २ मधेसी र १ पिछडिएका क्षेत्रका लागि छुट्याइएको छ। त्यस्तै, व्यवस्थापिका संसद्तर्फ ६ बढुवा तथा १० खुला, ३ महिला, २ आदिवासी जनजाति, २ मधेसी, १ दलित र १ अपांगका लागि छुट्याइएको छ।