मुलुकमा अपराध र दण्डहिनता बढ्योः मानव अधिकार आयाेग

मुलुकमा अपराध र दण्डहिनता बढ्योः मानव अधिकार आयाेग

काठमाडौं, २४ मंसिर । राष्ट्रिय मानवअधिकार आयोगले मुलुकमा अपराध र दण्डहिनता बढेको जनाएको छ । ७१ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले लोकतान्त्रिक संविधान जारी भएपछिको अवस्थामा पनि दण्डहिनतामा कमि नआएको बताउनुभएको हो ।

निर्वाचन सम्पन्न गरि जनताले चुनेका प्रनितिधि सत्तामा भएपनि निष्कृय रहनु दुःखद भएको उहाँले बताउनुभयो । मिडिया काउन्सिल विधेयक र मानवअधिकार आयागको संशोधित विधेयक ल्याउँदा सरकारले सम्बन्धित पक्षसँग छलफल नै नगरेकोमा उहाँले असन्तुष्टि जनाउनुभयो । आचरण नै अधिकारवादीको शक्ति भएको बताउँदै उहाँले हतियारको नभइ विचारको लडाई लड्ने समेत बताउनुभयो ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज काठमाण्डुमा प्रभातफेरि निकालिएको थियो । भद्रकालीबाट निकालिएको प्रभारतफेरि सुन्धारा, वीर अस्पताल हुँदै शान्तिबाटिकामा पुगेर सकिएको थियो ।