१३औं सागः नेपाललाई ५१ स्वर्ण, भारत १ सय ७४ स्वर्ण सहित पहिलो

१३औं सागः नेपाललाई ५१ स्वर्ण, भारत १ सय ७४ स्वर्ण सहित पहिलो

काठमाडौं, २४ मंसिर । नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा ५१ स्वर्ण सहित नेपाल दोस्रो भएको छ । भारत १ सय ७४ स्वर्ण सहित पहिलो भएको छ । भारतले ९३ रजत ४५ कास्य सहित ३ सय १२ पदक जितेको छ ।

नेपालले भने ६० रजत ९५ कास्य सहित २ सय ६ पदक जितेको छ । तेस्रो स्थानमा ४० स्वर्ण सहित श्रीलंका रह्यो । श्रीलंकाले ८३ रजत, १ सय २८ कास्य सहित २ सय ५१ पदक जितेको छ । यसैगरि पाकिस्तान ३१ स्वर्ण ४१ रजत, ५९ कास्य सहित १ सय ३१ पदक जित्न सफल भयो ।

बंगलादेशले १९ स्वर्ण ३२ रजत तथा ८७ कास्य सहित १ सय ३८ पदक जित्यो । माल्दिभ्सले एक स्वर्ण र ४ ओटा कास्य मात्रै जित्न सफल भयो भने भुटानले ७ रजत र १३ कास्य गरि २० पदक जितेको छ ।