

मंसिर २४, काठमाडौँ । जारी १३ औ साग अन्तर्गत पुरुष साग फुटबलको फाइनलमा नेपाल भुटानविरूद्ध २–१ गोलको अग्रताले विजयी भएको छ ।
दशरथ रंगशालामा भएको खेलकाे १७ औं मिनेटमा नेपालले अग्रता बनाएकाे थियाे । नेपालका लागि अभिशेख रिजालले गोल गरेका हुन् । पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको ५४ औं मिनेटमा सुनील बलले गोल गर्न सफल भए । जसका कारण नेपालले खेलमा फेरि अग्रता बनायो । कप्तान तथा स्ट्राइकर घाइते भएर मैदान बाहिर निस्कनेबित्तिकै विंगर रिजालले नेपाललाई अग्रता दिलाएका हुन्।
खेलको ३७ औं मिनेटमा भुटानी कप्तान चेन्चो ग्याल्सेनले गोल फर्काएका थिए।नेपालले लगातार दोस्रो पटक साग फुटबलको उपाधि चुमेको छ । तीन वर्षअघि भारतमा भएको सागमा नेपालले आयोजक भारतलाई हराएर स्वर्ण जितेको थियो।
जितसँगै नेपालले १३ औ सागमा ५१ वटा स्वर्ण पदक जितेको छ ।