काठमाडौँमा आज बिजोर नम्बरका सवारी सञ्चालनमा रोक

काठमाडौँमा आज बिजोर नम्बरका सवारी सञ्चालनमा रोक

काठमाडौँ, २४ मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को समापनको दिन आज काठमाडौँका मुख्य सडक क्षेत्रमा बिजोर नम्बरप्लेट भएका गाडीलाई सञ्चालनमा रोक लगाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्थापनका लागि जोरबिजोर प्रणाली लागू गरेको जनाउँदै आज जोर नम्बरप्लेटका गाडी मात्रै चलाउन अनुरोध गरेको छ । यसअघि साग उद्घाटनका दिन जोर नम्बर प्लेटका गाडी चलाउन रोक लगाइएको थियो ।

खेल हेर्न आउने सबैका लागि पार्किङस्थल टुँडिखेल तोकिएकाले सोही ठाउँमा पार्किङ गर्न भनिएको छ । यस्तै आज खेल हेर्न टिकट काटेका दर्शकलाई मूलगेट प्रवेश नगरी आर्मी अफिसर्स क्लबको गेटबाट प्रवेश गर्न आग्रह गरिएको छ ।