बक्सिङमा २० वर्षपछि नेपाललाई स्वर्ण,मीनुले रचिन् पहिलो कीर्तिमान

बक्सिङमा २० वर्षपछि नेपाललाई स्वर्ण,मीनुले रचिन् पहिलो  कीर्तिमान

काठमाडौँ, २३ मङ्सिर । तेह्रौ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत बक्सिङ खेलमा नेपालले २० वर्षपछि स्वर्ण पदक जितेको छ ।

सातदोबाटोमा आज भएको खेलमा मीनु गुरुङले नेपाललाई स्वर्ण पदक दिलाउनुभएको हो । उहाँले महिला ५४ केजी तौल समूहमा भारतीय खेलाडीलाई अङ्कका आधारमा पराजित गर्दै स्वर्ण जित्नुभएको हो । त्यसैगरी महिला ४८ केजी तौलसमूहमा ललिता महर्जनले रजत पदक हात पार्नुभयो । उहाँ भारतकी श्रीनिभासन कालाइभानीसँग पराजित भएपछि रजतपदक हात पार्नुभएको हो ।

योसँगै १३औँ सागमा नेपालको स्वर्ण पदक ४६ पुगेको छ ।