पोखरा २३ मंसिर । दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला फुटबलमा नेपालको स्वर्ण सपना अधुरै रह्यो । आज भएको फाइनल खेलमा चिर प्रतिद्धन्द्धी भारतसँग नेपाल २-० ले पराजित भएको हो ।
पोखरा रंगशालामा सम्पन्न खेलमा नेपाली महिला टिमले खेलको १८ औं मिनेटमा पहिलो गोल खाएको थियो । नेपालको डिफेन्समा रहेको कमजोरीको फाइदा उठाउँदै बालादेवीले भारतका लागि गोल गरेकी हुन् ।पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफको सुरूवातमा नै अर्को गोल खायो । भारतका लागि बालादेवीले नै गोल गरिन् । जसका कारण नेपाल २ -० ले पछि पर्यो ।