अपरान्ह ४ बजे मन्त्रिपरिषदको बैठक बस्ने

अपरान्ह ४ बजे मन्त्रिपरिषदको बैठक बस्ने

काठमाडौं, २३ मंसिर । आज अपरान्ह ४ बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएपछि पहिलो पटक मन्त्रिपरिषदको बैठक बस्न लागेको हो। एपेन्डिसाइटिसको शल्यक्रियापछि दश दिन अस्पताल बसेर फर्किएपछि प्रधानमन्त्री नियमित काममा फर्किनुभएको हो ।

यसअघि प्रधानमन्त्रीले पार्टी सचिवालय बैठकका एजेण्डाहरुका बारेमा अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पनि परामर्श गर्नुभएको बताइएको छ ।