

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले जस्तोसुकै चूनौती आएपनि निजगढ अन्तराष्ट्रिय बिमानस्थलको निर्माण अघि बढाएरै छाड्ने स्पष्ट पार्नुभएको छ ।
बारबरा फाउन्डेशनले काठमाडौँमा आइतबार आयोजना गरेको अन्तरक्रियामा उहाले ठूला आयोजना निर्माणमा केहि समस्या आउनु स्वभाविक भएको भन्दै समस्यालाई चिर्दै निजगढ अन्तराष्ट्रिय बिमानस्थलको निर्माण अघि बढाएरै छाड्ने स्पष्ट पार्नुभएको हो । उहाले बिकासको बहस हुनु स्वभाविक रहेको भन्दै राष्ट्रिय मिसनमा अघि बढ्ने जिकिर गर्नुभयो । पूर्वाधार बनाउदा सांस्कृतिक र ऐतिहासिक स्थलहरुलाई एकअर्कासंग सम्बन्ध जोडेर अघि बढ्न सकिने उहाको भनाई छ । उहाले लुम्वीनी क्षेत्रको थप प्रवद्धनका लागि ग्रेटर लुम्विनीको अवधारणमा अघि बढिने जानकारी दिनुभयो ।
उहाले पर्यटन भ्रमण बर्ष २०२० को तयारी तिव्र रुपमा अघि बढरहेको जानकारी दिदै हिमालयन रेन्जको पर्यटन प्रवद्धन सरकारले काम अघि बढाइरहेको बताउनुभयो ।