

काठमाडौं, २१ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद सागमा अन्तर्गत पुरुष क्रिकेटमा नेपाललाई बंगलादेशले एक सय ५६ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाउँदै एक सय १५५ रन बनायो ।
सुरुवात राम्रो गर्न नसकेको बंगलादेशले १६ रनमा तीन विकेट गुमाएको थियो । उसका सुरुवाती तीनै खेलाडीलाई पूर्व कप्तान पारस खड्काले आउट गरेका थिए । जसमा ओपनर मोहम्मद नइमलाई ६, सौम्य सरकारलाई पनि ६ तथा सेइफ हसनलाई खाता खोल्न नपाउँदै आउट गरे ।
त्यसपछि यासिर अलीलाई १४ रनमा अभिनाश बोहोराले १४ रनमा पेभेलियन फर्काएपछि नेपालले ५९ रनमा चार विकेट लिन सफल भयो । तर त्यसपछि कप्तान नाजमुल हसन सान्टो र अफिफ होसेन विच ८६ रनको उत्कृष्ट साझेदारी हुँदा नेपालले बलियो लक्ष्य पायो । जसमा सान्टोले अविजीत ७५ रन बनाए भने हुसेनले पनि ५२ रनको अर्धसतकीय पारी खेले । बलिङमा नेपालका लागि पारस खड्काले तीन तथा दिपेन्द्र ऐरीले दुई विकेट लिए ।