५ हजार मिटर दौडमा नेपाललाई स्वर्ण र काँस्य

५ हजार मिटर दौडमा नेपाललाई स्वर्ण र काँस्य

काठमाडौं, २० मंसिर । गोपीचन्द्र पार्कीले ५ हजार मिटर दौडमा स्वर्ण जितेका छन्। १४ मिनेट ५४.२० सेकेन्डमा दाैड पूरा गर्दै स्वर्ण पदक जितेका हुन्।

भारतीय खेलाडी सुनील दावारले रजत पदक जिते। उनले १४ मिनेट ५५.२१ सेकेन्डमा दाैड पूरा गरेका थिए। नेपालकै हरि रिमालले १४ मिनेट ५७.०५ सेकेण्डमा दाैड पूरा गर्दै कांस्य पदक जिते। याेसँगै नेपालले स्वर्ण स‌ंख्या ३७ बनाएकाे छ।