तेह्रौँ साग : उसुमा जुनीलाई स्वर्ण

तेह्रौँ साग : उसुमा जुनीलाई स्वर्ण

काठमाडौँ, १९ मङ्सिर।तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत उसुको महिला स्पर्धामा नेपालकी जुनी राईले स्वर्ण पदक प्राप्त गर्नुभएको छ । उहाँले उसुको सान्सौंतर्फ ५६ किलो तौल समूहमा स्वर्ण जित्नुभएको हो ।

ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तथा प्रशिक्षण केन्द्रमा आज भएको फाइनल खेलमा जुनीले श्रीलङ्काकी मधुमलीलाई २–० अङ्कले हराउनुभएको हो । नेपालले जारी प्रतियोगिताको हालसम्ममा उसुमा चार स्वर्ण जितेको छ ।