न्यायधीश नियुक्ति गर्न बसेको बैठक निष्कर्षविहीन

न्यायधीश नियुक्ति गर्न बसेको बैठक निष्कर्षविहीन

काठमाडौँ, १९ मङ्सिर।सर्वोच्च अदालतमा रिक्त रहेको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्न बसेको न्याय परिषद्को बैठक निष्कर्षविहीन सकिएको छ ।

प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष चोलेन्द्रशम्शेर जबराको अध्यक्षमा बसेको बैठकले सर्वोच्च अदालत रिक्त रहेको एक न्यायाधीश पदमा नियुक्तिका लागि बैठक बसेको तर पुनः बस्ने गरी बैठक स्थगित भएको परिषद्का प्रवक्ता मानवहादुर कार्कीले जानकारी दिनुभयो ।

न्याय परिषद् सदस्य रहुनभएका पदम वैदिकलाई सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने विषयमा विरोध आएपछि बैठकले निर्णय गर्न सकेन । परिषद्का सदस्य वैदिकले एक वर्ष कार्यकाल बाँकी रहँदै बुधबार परिषद्को सदस्यबाट राष्ट्रपतिसमक्ष राजीनामा दिनुभएको थियो । राष्ट्रपति भण्डारीले राजीनामा स्वीकृतसमेत गरिसक्नुभएको छ ।