प्रधानमन्त्री निवास फिर्ता हुँदै

प्रधानमन्त्री निवास फिर्ता हुँदै

काठमाडौँ, १९ मङ्सिर। प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि पूर्ण स्वास्थ्यलाभ गरेर त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन सस्थान मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट आज निवास फिर्ता हुँदै हुनुहुन्छ । उहाँ यही मङ्सिर १० गते एपेन्डिसाइटिसको शल्यक्रियाका निम्ति सेन्टर भर्ना हुनुभएको थियो ।

“सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली आज अपराह्न उक्त सेन्टरबाट डिस्चार्ज हुँदै हुनुहुन्छ”, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भन्नुभयो ।