शुक्रवार र शनिवार कलंकी-कोटेश्वर मुख्य लेन बन्द हुने

शुक्रवार र शनिवार कलंकी-कोटेश्वर मुख्य लेन बन्द हुने

काठमाडाैं,१८ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतकाे साइक्लिङ खेल कलंकी-सातदोबाटो सडकखण्डमा हुने भएकाे छ । ट्राफिक प्रहरीकाअनुसार आगामी शुक्रवार र शनिवार चार घण्टा उक्त सडककाे मुख्य लेनमा सवारी साधन चलाउन नपाइने भएकाे छ।

महाशाखाले आज एक सूचना जारी गरी आगामी शुक्रबार कलङ्कीबाट कोटेश्वरसम्म र २१ गते शनिबार कलङ्कीबाट सूर्यविनायकसम्मको सडकखण्डमा सर्भिस लेन प्रयोग गरिदिन सडक प्रयोगकर्तालाई अनुरोध गरेको छ ।

यद्पी दायाँ बायाँको लेनमा भने सवारी साधान चलाउन पाइनेछ। साग खेलकुदमा यी दुई दिन सो सडक खण्डमा साइक्लिङ हुदैँछ। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कलङ्कीदेखि कोटेश्वरसम्मको सडकमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वरबाट गठ्ठाघर, सल्लाघारी हुँदै जगातीतर्फ जाने सडक प्रयोगकर्ताले जडीबुटी, पुरानोथिमी, व्यासी, कमलविनायक, च्यामासिंह हुँदै जगातीको सडक प्रयोग गरी सहयोग गर्न आग्रह गर्नुभएकाे छ ।

उहाँले सो क्षेत्रमा अत्यावश्यकबाहेक अन्य सवारी नचलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्नसमेत आग्रह गर्नुभएकाे छ ।