

काठमाडौं, १८ मंसिर । मौसम पूर्वाअनुमान महाशाखाले दिएको जानकारीअनुसार चिसो अझै बढ्ने अनुमान छ । आज काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम ६ डिग्रि सेल्सियस रहेको छ ।
विहान पश्चिम तराईका जिल्लाका थोरै स्थानहरुमा बाक्लो कुहिरो लागेको छ । तर मध्यान्नपछि विस्तारै कुहिरो हट्ने महाशाखाले जनाएको छ । मध्य तराइमा विहानी पख पातलो कुहिरो लागेको छ । पूर्वी तराईमा भने आज विहानैदेखि बाक्लो कुहिरो लागेको छ । दिउँसो भने देशभरीको मौसम सफा रहने मौसमविद्ले बताएका छन् ।