१३ औं साग: आज १६ खेल हुँदै (कुन खेल कहाँ)

१३ औं साग: आज १६ खेल हुँदै (कुन खेल कहाँ)

काठमाडाैं, १८ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को चौंथो दिन आज बुधबार विभिन्न १६ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

सागको चौंथो दिन काठमाडौं र पोखरा गरि कुल १६ खेलको प्रतिस्पर्धा हुनेछ। सागमा बुधबार एथ्लेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो,ट्रायथोलन, टेनिस, कब्बडी , ह्यान्डबल र उसुको प्रतिस्पर्धा हुनेछ।

जसमा ब्याडमिन्टन, महिला क्रिकेट, ट्रायथलन र ह्यान्डबल पोखरामा हुन्छ। अन्य खेल काठमाडौंमा हुनेछ। पुरुष फुटबलमा नेपालले श्रीलंकाको सामना गर्नेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपालले साँझ ५ बजे श्रीलंकासँग भिड्नेछ।

साग क्रिकेट अन्तर्गत महिलातर्फ बुधबार नेपालले टेष्ट राष्ट्र बंगलादेशसँग खेल्दै छ। पोखरा रंगशालामा हुने खेल बिहान १० बजे हुनेछ। महिलातर्फको अर्को खेलमा श्रीलंका र माल्दिभ्सबीच खेल हुनेछ। बुधबार नेपालले करातेमा ४ स्वर्णको लागि प्रतिस्पर्धा गर्नेछ।

यसैगरी उसुमा बुधबार नेपालले दुई स्वर्णको लागि प्रतिस्पर्धा गर्दैछ। नेपालको पुरुषतर्फ दुई खेल रहेको छ। मंगलबारबाट सुरु भएको सुटिङतर्फ विभिन्न खेलहरु हुँदैछ। सातदोबाटोस्थित सुटिङ हलमा बुधबार विभिन्न स्पर्धामा खेलहरु हुनेछ। खो खोको महिलातर्फको उपाधिका लागि नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने छ।

फुटबल : पुरुष फुटबलमा नेपालले श्रीलंकाको सामना गर्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपालले साँझ ५ बजे श्रीलंकासँग भिड्ने छ ।

मंगलबार भएको खेलमा नेपालले कप्तान सुजल श्रेष्ठको दुई गोल मद्धतमा भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो । फुटबलमा बुधबार एक मात्र खेल हुनेछ ।