प्रचण्डकाे किल्ला चितवनमा नेकपालाई धक्का, ३ वटै वडामा कांग्रेस विजयी

प्रचण्डकाे किल्ला चितवनमा नेकपालाई धक्का, ३ वटै वडामा कांग्रेस विजयी

चितवन १५ मंसिर । मंसिर १४ गते भएको उपनिर्वाचनमा पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा कांग्रेसले बाजी मारेको छ ।

भरतपुर महानगरपालिका – १६ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार अमृतराज हमाल विजयी भएका छन । हमालले नेकपाका उमेदवार भक्तराज हमाललाई ३०८ मतको अन्तरले जितेका छन ।

अमृतले ३१८३ र नेकपाका उम्मेदवार भक्तराज हमालले ल्याए २८७५ मत ल्याएका छन । नेकपाको पकडको क्षेत्रमा काङ्ग्रेस बिजयी भएको हो ।

त्यस्तै चितवनको खैरहनी नगरपापलिकाको वडा नम्बर ४ र ५ मा नेपाली कांग्रेस विजयी भएको छ । वडाध्यक्ष पदमा भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेद्‍वार विजयी भएका हुन् । खैरहनी–५ को वडाअध्यक्षमा प्रतिमा कार्की बस्नेत विजयी भएकी छिन् ।

त्यस्तै खैरहनी–५ मा बेद बहादुर अधिकारी विजयी भएका हुन् । वडा नम्बर ५ मा कार्कीले नेकपाका उम्मेद्‍वार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी हुन् । कार्कीले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गरेका छन् ।

खैरुहनी ४ मा कांग्रेस बस्नेतले नेकपा बेदबहादुर अधिकारीलाई १५२ मत अन्तरले पराजित गरे। बस्नेतले ११३८ र अधिकारीले ९८६ मत प्राप्त गरेका थिए ।