साप्ताहिक राशिफलः फागुन ५ देखि ११ गतेसम्म (हेर्नुहोस् तपाईंको साताको भाग्य)

साप्ताहिक राशिफलः फागुन ५ देखि ११ गतेसम्म (हेर्नुहोस् तपाईंको साताको भाग्य)

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

पूर्वसहमति पालना नगर्दा प्रेमिका चिढिन सक्छिन् । मेहनत एवं लगनशीलताले प्रतिष्ठा दिलाउनेछ । टाढा भएका मित्रहरूले विश्वास गर्ने वातावरण बन्दैछ । चिसो वातावरणमा मनोरञ्जन गर्दा स्वास्थ्यको ख्याल गर्नुहोला ।

वृष :  इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ । नगद सापटी लिएका साथीहरूले समयमा वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । भ्रमण, खानपान तथा फेसनमा राम्रै धन खर्च हुनसक्छ उत्ताउलोपनका कारण परिणाममुखी कार्य सम्पन्न गर्न ढिलाइ हुनेछ । पूण्य आर्जनमा संलग्न भइनेछ ।

मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । होसियारीपूर्वक गरिएका कार्यबाट प्रर्याप्त धन आर्जन गर्न सकिनेछ । प्रेमिकाले मनका कुरा खोल्न ढिलाइ गर्नेछिन् । रोजगारीका नौला अवसर प्राप्त हुनेछन् । टाढिएका साथीहरूले आफ्नो व्यवसायमा सहयोग गर्ने परिस्थिति बन्दैछ । विश्वासपात्रलाई वचन दिदा संयम अपनाउनुहोला ।

कर्कट :  हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

विपरीतलिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ । छोटो दूरीको लाभदायक यात्रा हुने सम्भावना छ । अभिभावक तथा ठूलाबडाको आशीर्वादले कार्यक्षेत्रमा प्रभुत्व जमाउन सहज बनाउनेछ । केही समय अस्वस्थ एवं तनाव भएको अनुभव भए पनि ती समस्या स्वत: समाप्त हुनेछन् ।

सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

सरकारी तथा निजी क्षेत्रमा पुन: प्रयत्न गरे अवसर हात लाग्न सक्छ । प्रेम–प्रेमिकाबीचको सम्बन्धमा तीतोपन सिर्जना हुन सक्छ । बलमिच्याइँ गरे काम बिग्रने सम्भावना छ । मेहनत गरे राम्रैसँग काम सम्पन्न गर्न सकिनेछ । विदेश जाने प्रक्रिया अघि बढाउँदा खर्च बढी भए पनि सफलता हात लाग्नेछ ।

कन्या :  टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

विगतका सहमति तथा अनुशासन उल्लंघन गर्दा मन पराउनेहरूबीच तिक्तता बढ्न सक्छ । लाभदायक वस्तुको खरिद–बिक्रीमा केही दिन दौडधूप गर्नुपर्नेछ । परिवारजनले आफनो कार्यमा सहयोग गर्नेछन् । रोकिएका कार्य सम्पन्न हुनेछन् । शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसरमा शीघ्र निर्णय लिन सके विशेष फाइदा हुन सक्छ । हरियो रंग प्रयोग गर्दा कार्य सम्पन्न गर्न सहज हुनेछ ।

तुला : र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

विदेशमा रहेका मित्रहरूले अपेक्षाअनुरूप सुझाव दिँदै सहयोग समेत गर्नेछन् । सेतो रंगको प्रयोग गर्दा समस्याबाट सहजै मुक्ति पाइनेछ । मिष्ठान्न भोजनमा सहभागी हुँदा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ । साताको अन्त्यमा दान पुण्यमा सहभागी भइनेछ ।

वृश्चिक :  तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

भ्रमणका क्रममा प्रेमिका चिढिन सक्छिन्, भावना बुझ्ने प्रयत्न गर्नुहोला । मान्यजनको भावनाअनुरूप व्यवसाय सञ्चालन गर्दा सफलता हात पर्नेछ । पारिवारिक जमघटमा विशेष परिकारले मनोरञ्जन प्रदान गर्नेछ । सेतो रंगको प्रयोग तथा सूर्यको आराधना सँगसँगै गर्न सके समस्याबाट मुक्त हुन सकिनेछ ।

धनु : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

प्रात:भ्रमण एवं योग गर्दा तनावबाट मुक्ति पाइनेछ । ध्यानपूर्वक गरिएको कामले लाभ पुर्‍याउनेछ । स्वार्थी प्रेमिकाका कारण मन खिन्न हुनसक्छ । आवेशमा गरिएको कार्यले उल्टो परिणाम दिनेछ । बेसार रंगको प्रयोगले मानसिक राहत प्रदान गर्न सक्छ ।

मकर  : भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

विगतमा भएका गल्तीहरू सच्याउँदै अघि बढ्ने समय आएको छ । यात्रामा गरिने अनावश्यक खर्चले मानसिक तनाव सिर्जना गर्न सक्छ । आलोचना गर्नेहरूलाई परिणममुखी कार्य सम्पन्न गरी आफूतर्फ आकर्षित गर्न सकियो भने आफ्नो व्यक्तित्वले उचाइ प्राप्त गर्नेछ । नीलो रंगको प्रयोगबाट ऊर्जा प्राप्त हुनेछ ।

 

कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्‍याउनेछ । दिगो फाइदा हुने कार्य वा स्थायी नोकरी प्राप्त हुने सम्भावना छ । ईष्या गर्नेहरूलाई पुरुषार्थ गरेर देखाउन सकिनेछ । खर्च भए पनि फाइदाजनक काममा लगानि गर्ने अवसर जुटनेछ । नाम, दाम तथा इनाम हात पर्ने समय छ ।

मीन : दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

समाजसेवा गर्ने अवसर प्राप्त हुन सक्छ । आर्थिक क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पहिलेका वाचा–बन्धन भंग गर्दा प्रेमी–प्रेमिकाबीचको पारस्पारिक सम्बन्धमा चिसोपन देखा पर्न सक्छ । पूर्वको यात्रा गर्दा विशेष फाइदा हुनेछ । भविष्यको चिन्ताले सताउनेछ । कामकाजमा संयमित रहनुहोला । छलकपट गर्ने साथीहरूका कारण मन खिन्न हुनेछ ।