राजु परियार र गरिमाको स्वरमा ‘मेरो मन…’ {भिडियोसहित}

  • 28
    Shares
राजु परियार र गरिमाको स्वरमा ‘मेरो मन…’ {भिडियोसहित}

काठमाडौं । राजु परियार र गरिमा विरहीको स्वरमा रहेको गीत ‘मेरो मन…’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, गणेश गुरुङको सङ्गीत र कृष्ण विके ‘भाञ्जा’को सङ्गीत संयोजन रहेको लोकदोहोरी गीतको भिडियो सार्वजनिक भएको हो ।

मौसम हिमालीको निर्देशन रहेको गीतको भिडियोमा आमेश भण्डारी र आशिषमा नकर्मीलाई फिचरिङ गरिएको छ । कुमार चसिरले छायाँकन गरेको भिडियोमा प्रविन भट्टको सम्पादन रहेको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । भिडियोको प्रस्तुतकर्ता अनिल केसी हुन् ।