पूर्व सञ्चारमन्त्रीले किसानकाे बारीमै पुगेर कोदो टिप्दै मत मागे

  • 212
    Shares
पूर्व सञ्चारमन्त्रीले किसानकाे बारीमै पुगेर कोदो टिप्दै मत मागे

-रामचन्द्र दुलाल-

काठमाडौं । माैँन अवधि सुरु हुँनु भन्दा अघि चुनाव प्रचारका अनेक दृष्य सार्वजनिक भएका छन् । कम्युनिष्ट नेताहरु हेलिकोप्टर चढेर मत माग्न पुगेका थिए ।

कांग्रेस नेताहरु मंसिरे चटारोमा रहेका किसानको खेतवारीमा पुगरे मत मागेका थिए । कांग्रेसको यो चुनावी प्रचारशैलीले मतदाताको मन छाेएको थियो भने कम्युनिष्ट नेताहरुको प्रचारशैलीले मतदाताहरुको मन अचम्मित थियाे ।

तर, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले इन्द्रावती ८ मा किसानकै खेतवारीमा पुगेर मत मागे । विकासमा निकैपछि परेको इन्द्रावती ८ का जनता विकासप्रेमी नेता आफ्नो बारीमा आएर मत माग्दा निकै हर्षित थिए ।

वीपीको सिद्धान्त र आदर्शबाट ओतप्रोत भएका नेता बस्नेत कृषकको जीवन स्तर उक्सिएमात्र मुलुकको विकासले गति पाउने विचार व्यक्त्त गर्दै आएका छन् । कृषि प्रदान देशको सरकार माफिया र भ्रष्टहरुको चंगुलमा फसेकाले किसानहरुको जीवनमाथि उठ्न नसकेको उनी बताउछन् ।