कांग्रेसलाई चुनाव जिताउनुहोस इन्द्रावती ८ को सृष्टि परिवर्तन हुन्छ : पूर्व मन्त्री बस्नेत

  • 857
    Shares
कांग्रेसलाई चुनाव जिताउनुहोस इन्द्रावती ८ को सृष्टि परिवर्तन हुन्छ : पूर्व मन्त्री बस्नेत

सिन्धुपाल्चोक, ११ मङ्सिर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले कम्युनिष्टको राष्ट्रवाद कालापानीमा पुरेग विसर्जन भएको आरोप लगाएका छन् ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वाड नम्बर ८ मा नेपाली कांग्रेसले गरेको चुनवी सभालाई सम्वोन गर्दै नेता बस्नेतले सत्तामा पुग्नका लागि राष्ट्रवादी बनेका प्रधानमन्त्री ओली अहिले राष्ट्रघाती बनेका छन् । भारतले ओलीकै सल्लाहमा नेपाली भूमिलाई समेटेर नक्सा सार्वजनिक गरेकोले सीमा अतिक्रमणका विषयमा बोल्न ओलीलाई नैतिक शंकट परेको नेता बस्नेतको दाबी थियो ।

मुलुकमा अधिनायकवाद लाद्ने समपना बोकेका कम्युनिष्टबाट संविधान, न्यायलय र लोकतन्त्र नै असुरक्षित भएको बस्नेतको ठहर थियो । मुलुकमा महंगी,भ्रष्टाचार, कालोवजारी, अनावस्यक कार, हत्या,हिसा,बलत्कार जस्ता घटनाले नेपाली जनता पिल्सिएको नेता बस्नेतले बताए । अहिले कम्युनिष्टको व्यवाहरबाट जनता अजित भएकोले मंसिर १४ गते हुँने उपनिर्वाचनमा नेपाली जनताले वर्तमान सत्ता विरुद्ध अभिमत प्रकट गर्ने विश्वास व्यक्त गरे ।

कम्युनिष्टहरुले भ्रमको खेती गरेर नेपाली जनतालाई धोक दिएको भन्दै अब भ्रममा नपर्न इन्द्रावती ८ का मतादातालाई नेता बस्नेतले आग्रह गरे । इन्द्रावती ८ को सृष्टि परिवर्तनका लागि नेपाली कांग्रेसका उम्मेद्वार राले तामाङ (अशोक)लाई विजयी गराउन मतदातालाई आग्रह गरेका छन्। नेता बस्नेतले कांग्रेसलाई जिताए यसठाउँको कायापलट हुने बताए । इन्द्रावतीको विकासमा आफनो पनि महत्वपूर्ण योगदान हुने उनले विश्वास दिलाए ।नेता वस्नेतले स्वर्गीय स्वर्गीय धनबहादुर श्रेष्ठका नामामा शालिक निर्माण गर्ने पनि बताए ।

चुनावी सभामा जिल्ला सभापति विकाश लामा, इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ लगायतका नेताहरुले नेपाली कांग्रेसका उम्मेद्वार तामाङलाई विजयी गराउन इन्द्रवती ८ बासीलाई अनुरोध गरेका थिए ।