प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगे सभापति देउवा

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगे सभापति देउवा

काठमाडौँ, ११ मङ्सिर ।प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जानकारी लिनुभएको छ ।

सभापति देउवाले आज महाराजगञ्जस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’ पुगी कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठसँग प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिनुभएको थियो । डा श्रेष्ठले उहाँलाई प्रधानमन्त्री ओलीको स्वास्थ्यमा मङ्गलबारभन्दा आज सुधार रहेको जानकारी दिनुभएको सभापति देउवाका उहाँका निजी सहयोगी भानु देउवाले बताउनुभयो ।
प्रधानमन्त्री ओलीको मङ्गलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । अहिले उहाँको स्वास्थ्यमा निरन्तर सुधार भइरहेकोे छ । स्वास्थ्यमा समस्या आएपछि उहाँ मङ्गलबार बिहान सो सेन्टरमा जानुभएकोे थियो । एपेन्डिसाइटिसको विशेषज्ञ चिकित्सकद्वारा सफल शल्यक्रियापछि हाल प्रधानमन्त्री सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा हुनुहुन्छ । रासस