तीन दिनसम्म बदली, वर्षा र हिमपातको सम्भावना

तीन दिनसम्म बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडाैं, ८ मंसिर । मौसम पूर्वानुमान महाशाखाकाअनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ।

आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही ठाउँमा हल्का वर्षा र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो। महाशाखाले आज जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा सोमबार पनि देशभर मौसम बदली हुने र हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना रहेको उल्लेख गरिएको छ।

आउँदो २४ घण्टामा देशका पहाडी भू–भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भेगका कही ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसिर ८ गते आइतबार

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भू–भागका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना छ।

राति : देशका मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य पहाडी भू–भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भू–भागका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ।

मंसिर ९ गते सोमबार

दिउँसो : देशका मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य पहाडी भू–भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भूभागका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

मंसिर १० गते मंगलबार

दिउँसो : देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र अन्य भूभागमा आंशिक बदली रहने छ।

राति : देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने सम्भावना छ।