सहकारीको विकासमा सरकारले विशेष ध्यान दिनुपर्छ : डा. वावुराम भट्टराई

सहकारीको विकासमा सरकारले विशेष ध्यान दिनुपर्छ : डा. वावुराम भट्टराई

काठमाडाैं, ७ मंसिर । समाजवादी पाटीका अध्यक्ष डा. वावुराम भट्टराईले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारीको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।

शनिबार ललितपुर आयोजित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो । उहाँले सकाकारले सहरकारीको योगदानको विषयलाई बिर्सन नहुने उल्लेख गर्दै नेपाल जस्ता देशका पिछडिएका गाँउ गाँउमा सहकारी खोल्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा पुर्व मन्त्री एवं नेकपाका प्रमुख सचेतक देव गुरुङ, नेपाली काग्रेसका संसदीय दलका प्रमुख सचेतक वालकृण खाँड, पुर्व मन्त्री एवं राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारी संस्थाले नेपालको आर्थिक क्षेत्रमा गरेको योगदानको चर्चा गरेका गर्नुभयो । कार्यक्रममा संस्थाका संचालक समितिका अध्यक्ष अमरदास श्रेष्ठले संस्थाले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजश्वमा गरेको योगदान, रोजगारी लगायत अन्य विविध क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमा मेत अग्रणी स्थान लिन सफल रहेको जानकारी गराउनुभयो ।

सहकारीमा करिब साढे ६ खर्ब भन्दा बढी बचत र ७ अर्ब रुपिया भन्दा बढी ऋण परिचालन भएको छ । उहाँले देशभरका सहकारीमा करिब ६५ लाख भन्दा शेयर सदस्यहरुको आवद्धता रहेको जानकारी दिनुभयो ।