नेपाल र भारत सीमा सुरक्षा बैठक आजदेखि पोखरामा

नेपाल र भारत सीमा सुरक्षा बैठक आजदेखि पोखरामा

काठमाडौँ, ४ मङ्सिर । नेपाल–भारत सीमा सुरक्षा बैठक आजदेखि पोखरामा शुरु हुँदैछ। बैठकमा नेपालको तर्फबाट गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतको तर्फबाट भारतीय सीमा सुरक्षा बलका पदाधिकारीको सहभागिता रहनेछ। बैठक तीन दिन सञ्चालन हुनेछ।

नेपालको तर्फबाट सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र भारतका तर्फबाट सीमा सुरक्षा बलका डाइरेक्टर जनरल राजेशचन्द्रले टोलीको नेतृत्व गर्नेछन्। बैठकमा नेपालका १० र भारतको तर्फबाट छ जना पदाधिकारीको सहभागिता रहने छन्।

बैठकमा सीमा अपराध, सीमामा संयुक्त सुरक्षा गस्ती र अवैध ओसारपसार लगायतका विषयमा छलफल हुने सशस्त्र प्रहरीका नायब महानिरीक्षक कुँवरले जानकारी गराउनुभयो । यो नियमित वार्षिक बैठक रहेको उहाँले थप्नुभयो ।