ललितपुर क्षेत्र नंः ३ बाट समाजसेवी गोमा थापा स्वतन्त्र उम्मेदवार

ललितपुर क्षेत्र नंः ३ बाट समाजसेवी गोमा थापा स्वतन्त्र उम्मेदवार

ललितपुर । संघिय व्यवस्थापिका संसदका लागि ललितपुर क्षेत्र नंः ३ बाट स्वतन्त्र उम्मेदवारका रुपमा समाजसेवी गोमा थापा उठने चर्चाले यतिखेर ललितपुरको राजनीतिमा तरङ्ग आएको छ । थापाको उम्मेदवारी चर्चासंगै चुनावका लागि भित्री रूपमा निक्कै तयारी भइरहेको बताइएको छ ।

थापाको निजी सचिवालयका अनुसार उहाँको दुई दशकको समाजसेवाको लगानी नै ललितपुरको भोट बैंक हो । ललितपुरका सबै पार्टीहरुसंग उहाँको समान व्यवहार, आदिवासी जनजाती बीच लोकप्रिय छवि र विभिन्न संघसंस्था प्रति उहाँको योगदानले ललितपुर क्षेत्र नंः ३ मा उहाँको उम्मेदवारी आउने पक्कापक्की भएको बताइएको छ ।

ललितपुर क्षेत्र नंः ३ को भोट धेरै पार्टीहरुको समेत गोमा थापा तर्फ जानसक्ने एक स्थानीयले नाम नखुलाउने शर्तमा बताए । विगत दुई दशकदेखिनै कम्प्युटर शिक्षालाई व्यापक बनाउन निःशुल्क रुपमा सयौं कम्प्युटर गाउँ गाउँमा पुर्याउनुभएकी थापा सास्कृतिक घरको उपनामले चिनिने सिङ्गापुर ईन्टरप्राइजेजको सिइओ हुनुहुन्छ। उहाँको श्रीमान् गोपाल केसी अन्तर्राष्ट्रिय व्यवसायी हुनुहुन्छ । उहाँले सिंगापुरलार्इ ‘बिजिनेस हब’ बनाएर दुई दशकअघिदेखि व्यवसाय गर्दै आउनु भएको छ। उहाँहरुको सहयोगी भावानाबाट प्रभावित हजारौंले बिदेशबाट पनि गोमा थापा चुनावमा उठनुपर्छ भन्ने दबाब आइरहेको पारिवारीक स्रोतले जनाएको छ।

गोमा थापासंग बुझ्दा उहाँले भन्नुभयो –‘सबै पक्षबाट जोडतोडकासाथ तपाईं उठ्नुपर्छ भन्ने कुरा आएको छ, यो दवावले जित्ने वातावरण बने जस्तो लागेको छ, सम्भवतः म उठ्छु नै, किन कि मैले ललितपुर क्षेत्र नंः ३ का मतदाताहरुको तपाईं उठ्नु पर्छ भन्ने माया र एक प्रकारको दवाव मेरो लागि उठ्नुपर्छ भन्ने नै हो, अहिले जति पनि चर्चा छ यो विभिन्न संघ संस्था र मान्यजनको आग्रहमा हो, तर मान्यजनहरुसंग अन्तिम सल्लाह गर्दैछु ।’