‘कुरा मिठा गर्ने र काम सिन्काे नभाच्ने कम्युनिष्टहरुकाे झुट प्रवृत्ति’: पूर्व सञ्चार मन्त्री

‘कुरा मिठा गर्ने र काम सिन्काे नभाच्ने कम्युनिष्टहरुकाे झुट प्रवृत्ति’: पूर्व सञ्चार मन्त्री

सिन्धुपाल्चाेक, ३ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले मुलुककाे राजनीतिलाई कम्युनिष्टले उल्टाे बाटाेमा हिडाएकाे आराेप लगाउनु भएकाे छ । कुरा मिठा गर्ने र काम सिन्काे नभाच्ने कम्युनिष्टहरुकाे झुट प्रवृत्ति मुलुककाे भविष्य निर्माणमा अभिसाप बनेकाे उहाँले बताउनुभयाे ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर २ को वडा कार्यालय भवन शिलान्यास गर्दै बस्नेतले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफू राष्ट्रवादी बन्न भारतलाई नाकबन्दी गर्न लगाएको आरोप लगाउनु भयाे ।

कम्युनिष्टको विगत र वर्तमन नै निराशाजनक भएकाले उनीहरुबाट मुलुकको संमृद्धिको कल्पना गर्न नसकिने उहाँले बताउनुभयाे । कम्युनिष्ट सत्ता न्यायालय कब्जा,भ्रष्टाचार,हत्या,हिंसा, बलत्कार र दण्डहिनताको लाइसन्स बनेको भन्दै यसको प्रतिकारमा जनता उत्रिनु पर्नेमा जाेड दिनुभयाे । कम्युनिष्टका कारण मुलुकको भविष्य अन्धकार बन्दै गएकाले अब कांग्रेस चुपलागेर नबस्ने नेता बस्नेतकाे भनाई थियाे।

संविधान जारी भएपछि एकाएक चुलिएको कांग्रेसको लोकप्रियताबाट डराएर ओलीले नाकाबन्दी गर्न लगाएको तर्क बस्नेतकाे थियाे । नाकावन्दीका बेला चर्काे कुरा गरेर आफूलाई राष्ट्रवादी ठान्ने प्रधानमन्त्रीले कालापानी,लिपुलेक र लिम्पियाधुराको बारेमा नबोल्नु आश्चर्यजनक भएको उहाँले बताउनु भयाे । नेपाली भूमि विदेशी सेनाले कब्जा गर्दा समेत प्रधानमन्त्री किन चुप ? भारतले नेपालको अतिक्रमित भूमि समेटेर नक्सा सार्वजनिक गर्दा समेत प्रधानमन्त्रीले अधिकारीक धारणा सार्वजनिक नगर्नुले आशंका पैदा गरेको नेता बस्नेतले तर्क छ । नेता बस्नेतले साच्चिकै राष्ट्रवादी भए भारतसंग औपचारीक वार्ता गरेर अतिक्रमित भूमि फिर्ता ल्याउन प्रधानमन्त्रीलाई चुनौति समेत दिनुभयाे ।

आफ्नो गृह जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा पूर्व मन्त्री बस्नेतले तातोपानी नाकाको समेत अवलोकन गर्नुभयाे ।