सीमाको बिषयलाई नेपालले अन्तराष्ट्रियकरण गर्नुपर्ने : चित्र बहादुर केसी

सीमाको बिषयलाई नेपालले अन्तराष्ट्रियकरण गर्नुपर्ने : चित्र बहादुर केसी

काठमाडौँ, १ मङ्सिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सीमाको बिषयलाई नेपालले अन्तराष्ट्रियकरण गर्नुपर्ने बताउनुभएको छ ।

संवाद चौतारीले आइतबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाले नेपालमा पटक पटक सीमा मिचिने घटना दोहारीदै गएको भन्दै यस बिषयलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने बताउनुभएको हो । सीमा मिचिएको बारे जनस्तरबाट भएका संघर्षलाई निस्तेज बनाउन नहुने भन्दै उहाले यस बिषयमा राजनीतिक तहबाटै दुईपक्षिय वार्ता गर्नुपर्नेमा जोड दिनुभयो । उहाले सीमा मिचिएको बारे सवै दलको एकमतले विरोध गरेको भन्दै सरकारले भूमि फिर्ताका लागी नेपालसंग भएका नक्सा अघि सानुपर्ने जिकिर गर्नुभयो । सत्तामा बस्ने जिम्मेवार व्यक्तीहरुले कुटनीतिक माध्यमबाट खुट्टा दहे बनाएर वार्ता गर्नुपर्ने उहाको भनाई छ ।

उहाले नेपाली भूमिमा रहेका अन्य देशका सुरक्षाकर्मी तत्काल हटाउन पहल गर्नुपर्ने बताउनुभयो ।