झिरबास, १ मंसिर । जुभुङ स्वास्थ्य चौकीको नवनिर्मित दुई तले भवनकाे आज उद्घाटन भएकाे छ ।
गुल्मी दरबार गाँउपालिका वडा नम्बर २ स्थित जुभुङ स्वास्थ्य चौकीको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले समुद्घाटन गर्नुभएको हाे । ९ वटा काेठा भएकाे नवनिर्मित भवनबाट अबका दिनमा जुभुङबासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सहज हुने महिला स्वास्थ्य स्वयमसेविका सरिता थापाले राष्ट्रवाणीलाई बताउनुभयाे ।