नेकपाको सचिवालय बैठक आज बस्दै

नेकपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं, १ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा पार्टी र सरकार सञ्चालनबारे छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।

बैठकमा पार्टी एकताको बाँकी काम टुंगो लगाउने, मन्त्रिपरिषद् पुनर्गठन गर्ने लगायतका विषयमा छलफल हुनेछ । यही विषयमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलका साथै शीर्ष नेताबीच दैनिकजसो छलफल चलिरहेको बुझिएको छ ।