विमल घर्तीमगरसहित चार खेलाडी राष्ट्रिय टिमबाट बर्खास्त

विमल घर्तीमगरसहित चार खेलाडी राष्ट्रिय टिमबाट बर्खास्त

काठमाडौं, ३० कार्तिक । राष्ट्रिय टीमका चार खेलाडी बर्खास्तीमा परेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप २०२२ का लागि छनोट भएका चार जना खेलाडीलाई बर्खास्त गरेको हो ।

गएराति ठमेलस्थित लाउन्च बारमा भेटिएका उनीहरुले अनुशासनहीन काम गरेका कारण राष्ट्रिय टीमबाट बर्खास्त गरिएको एन्फाले जनाएको छ ।

अनुशासनहीन काम गरेकाले फर्वार्ड विमल घर्तीमगर, मिड फिल्डर अन्जन विष्ट, अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीलाई कारबाही स्वरूप बर्खास्त गरेको एन्फाले जनाएको छ ।

राष्ट्रिय टिमबाट बर्खास्त भएसँगै उनीहरू शनिबार भुटान जान पाएनन् । नेपालले विश्वकप छनोटका लागि कुवेतविरुद्ध थिम्पुमा मंगलबार प्रतिस्पर्धा गर्दैछ ।