विश्वका प्रदूषित ३० सहरमध्ये काठमाडौँ ७ औँ नम्बरमा

विश्वका प्रदूषित ३० सहरमध्ये काठमाडौँ ७ औँ नम्बरमा

काठमाडौँ, २४ कात्तिक । विश्वका प्रदूषित ३० सहरमध्ये काठमाडौँ ७ नम्बरमा परेको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

स्वीट्जरल्याण्डका विशेषज्ञहरुको समूहले गत बुधबार सार्वजनिक गरेको आइक्यू एअर भिजुअल प्रतिवेदनमा विश्वका ३० प्रदूषित शहरको सूचीमा काठमाडौँ सातौँ स्थानमा परेको हो ।

यसअघि अन्य विशेषज्ञले गरेका अध्ययनले पनि काठमाडौँ प्रदूषित १० नम्बर भित्र पर्ने गरेको थियो । हामीले पलपल सास फेर्ने हावामा धुवाँ र धुलोको मात्रा अत्यधिक छ। सरकार र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको भन्दा ६ गुणा बढीसम्म त्यस्तो धुवाँधुलो रेकर्ड भएको छ।

वायु प्रदूषणले स्वास्थयमा परेको असरबारे अध्ययन गरेका डा खेम बहादुर कार्की चिसो बढेसँगै वायु प्रदूषणको मात्रा पनि बढिरहेकाले आफै सचेत हुनुपर्नेमा जोड दिन्छन् ।